व्यवसाय तथा लघु उद्यमका लागि सहुलियत प्रदान गर्न एनएमबि बैंकले लघु तथा विपन्न वर्ग कर्जा अन्तर्गत “एनएमबि सहुलियतपूर्ण कर्जा” संचालनमा ल्याएको छ कजा विपन्न वर्गका जनतालाई लक्षित गरी सञ्चालनमा ल्याएको बैंकलले जनाएको छ।
बैंकका अनुसार कर्जा लघुवित्तमा आधारित आठ प्रकारका व्यवसायहरुमा लक्षित छ। जस अन्तर्गत सात प्रकारका कर्जाहरु विना धितो प्रदान गरिनेछ। साथै उक्त कर्जाहरु सहुलियतपूर्ण ब्याजदरमा बैंकले उपलब्ध गराउने छ। फलस्वरुप विपन्न वर्गमा उद्यमशिलता तथा व्यवसायको विस्तार हुने छ।
बैंकले व्याज अनुदान अन्तर्गतका कर्जा सूची निम्नानुसार निकालेको छ,
1. व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा –१० लाख रुपैयाँ सम्म
2. शिक्षित युवा स्वरोजगार कर्जा – ७ लाख रुपैयाँ सम्म
3. वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा – १० लाख रुपैयाँ सम्म
4. समुदाय व्यवसाय विकास कर्जा– १० लाख रुपैयाँ सम्म
5. उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा – ५ लाख रुपैयाँ सम्म
6. भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा – ३ लाख सम्म
7. महिला उद्यमशीलता कर्जा –१५ लाख रुपैयाँ सम्म