पुँजी बजार सुधारको माग राख्दै लगानीकर्ताले आमरण अनसन थालेको दिन सेयर बजारमा १५ अंकको वृद्धि भएको छ। सो अंकको वृद्धिसँगै नेपसे ११८२ अंकमा कायम भएको छ।
यस दिन व्यापारबाहेक अन्य सबै समूह बढेका छन्। सो समूह ३ अंकले घट्यो। बैंकिङ ९, विकास बैंक ८, जलविद्युत ५, निर्जीवन बीमा समूह २२०, उत्पादन २३, अन्य १, माइक्रोफाइनानस ४०, जीवन बीमा १९५ अंकले बढे। फाइनान्स र होटल भने १ अंकमुनि हरियो रहे।
यस दिन १५९ कम्पनीको ४२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो। यस दिन कारोबारका आधारमा छिमेक लघुवित्त विकास बैंक अग्रस्थानमा रह्यो। नेपाल बैंकको ४ करोड ४३ लाखको कारोबार भयो।
मिर्मिरे लघुवित्त विकास बैंक, कालिका लघुवित्त तथा पूर्णिमा विकास बैंकका लगानीकर्ताले करिब १० प्रतिशत मूल्य कमाए। कालिका पावर कम्पनीका लगानीकर्ताले भने ३. ७ प्रतिशत मूल्य गुमाए।