सेयर लगानीकर्ताका मागमा सरकार सकारात्मक बनेसँगै बजारको परिसूचक करिब १९ अंकले बढेको छ। १८. ८९ अंकको वृद्धिसँग नेप्से ११६७ अंकमा कायम भएको छ।
लगानीकर्ताले आफ्ना मागहरु मुद्रा तथा पुँजी बजारको समस्या र समाधानका लागि गठित कार्यदलमा बुझाएका छन्। ति मागहरुलाई एकीकृत रुपमा सम्वोधन गर्नेगरी कार्यदलले केही दिनमै अर्थमन्त्रालयलाई प्रतिवेदन बुझाउने भएको छ।
पुँजी बजार सुधारका सवालमा लगानीकर्ताले राखेका मागमा शुक्रबार अर्थ मन्त्रालयले तत्कालीन तथा दीर्घकालीन रुपमा समाधान गर्ने प्रतिबद्धता जनाएको थियो।
यस दिन कारोबार रकम पनि बढेको छ। ४७ करोड ४२ लाख रुपैयाँको सेयर किनबेच भएको छ। बैंकिङ १७, होेटल ३०, विकास बैंक १०, जलविद्युत ४, फाइनान्स ३, निर्जीवन बीमा समूह १६७, अन्य ३, माइक्रोफाइनान्स ३७, जीवन बीमा समूह १३३ अंकले बढेको छ। उत्पादन समूह भने यस दिन ८ अंकले घट्यो।
छिमेक लघुवित्त विकास बैंकको सबैभन्दा धेरै ५ करोड ७७ लाखको कारोबार भयो। नेपाल बैंकको ५ करोड ३२ लाखको सेयर किनबेच भयो।
मिर्मिरे लघुवित्त, आरम्भ माइक्रोफाइनान्स र कालिका लघुवित्तका लगानीकर्ताले १० प्रतिशत मुल्य कमाए। रैराङ हाइड्रोका लगानीकर्ताले साढे ४ प्रतिशत गुमाए।