हिमालयन बैंक र चिरायू अस्पतालबीच सम्झौता भएको छ।
सम्झौता अनुसार बैंकका डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड भएका ग्राहकलाई अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशत सम्म छुट दिइने छ।
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्सेर राणा र अस्पतालका संचालक चण्डेश्वरानन्द राज वैद्यले हस्ताक्षर गरे।सम्झौताले दुवै संस्थाका ग्राहकलाई सुविधा पुग्ने बैंकले बताएको छ।