अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर भएको छ। बुधबारका लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार एक अमेकरिकी डलर बराबर ११५ रुपैयाँ २७ पैसा पुगेको छ।
मंगलबारको तुलनामा ८२ पैसाले डलरको मूल्य बढेको छ।
एक अमेरिकी डलर बराबर ११८ रुपैयाँ नाघेको अमेरिकी डलर नोभेम्बर महिनाको अन्त्यमा १११ रुपैयाँमा झरेको थियो।
आयातित बस्तुमा निर्भर रहेको देश भएकाले डलरको मूल्य घट्दा व्यापार घाटामा नेपाललाई राहत पुग्दछ। यस आर्थिक वर्षको पहिलो चार महिनामा देशको व्यापार घाटा ४ खर्ब ८३ अर्ब पुगेको छ।
त्यस्तै आजका लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सटही दरअनुसार विदेशी मुद्राको बिक्रीदर मूल्य निम्नानुसार छ
कतारी रियाल १ को ३१ रुपैयाँ ६५ पैसा
युएई दिराम १ को ३१ रुपैयाँ ३८ पैसा
मलेसियन रिंगिट १ को २७ रुपैयाँ ५५ पैसा
दक्षिण कोरियन वन १०० को १० रुपैयाँ २० पैसा
हङकङ डलर १ को १४ रुपैयाँ ७५ पैसा
बहराइन दिनर १ को ३०५ रुपैयाँ ७५ पैसा
कुवेती दिनर १ को ३७८ रुपैयाँ ९८ पैसा
जापनिस येन १० को १० रुपैयाँ १९ पैसा
साउदी अरेवियन रियाल १ को ३० रुपैयाँ ७२ पैसा