‘आइएमई डिजिटल’ र नेपाल बंगलादेश बैंकबीच सम्झौता भएको छ।
सम्झौता अनुसार बंगलादेश बैंक ‘आइएमई डिजिटल’को साझेदार संस्था हुनेछ। बैंकका सेवाग्राहीले आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन्।
सम्झौतामा आइएमई डिजिटलका प्रमुख संचालन अधिकृत डेनियलडी श्रेष्ठ र बैंकका प्रमुख संचालन अधिकृत सुरेश देवकोटाले हस्ताक्षर गरे।
बैंकका सेवाग्राहीले ‘आइएमई पे’मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्युआर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्नसक्ने बैंकले जनाएको छ।