सिद्धार्थ बैंकले रुपन्देहीको योगीकुटीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
शाखाबाट नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको संचालन हुने बैंकले जनाएको छ।उक्त क्षेत्रमा सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने बैंकको भनाइ छ।
बैंकका देशभर १२९ शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १३५ एटीएम र हजार बढी पिएसओ मेसिन छन।