भारतको केन्द्रिय बैंक रिजर्भ बैंक अफ इन्डिया(आरबीई) का गभर्नर उर्जित पटेलले राजिनामा दिएका छन्।
भारतीय जनता पार्टीको सरकार आएपछि नियुक्त भएका पटेलले ९ महिनाको पदावधि बाँकी रहँदै राजिनामा दिएका हुन्।
केन्द्रिय सरकारसँग केही मुद्दामा पछिल्ले समय विवाद रहेको भारतीय मिडियाले बताउँदै आएका थिए। तर पटेलले भने व्यक्तीगत कारणले राजिनामा दिएको बताएका छन्।
केन्द्रीय बैंकको नीतिमा सरकारका तर्फबाट पटकपटक दबाब आएको समाचार यसअघि सार्वजनिक हँुदै आएका थिए ।
भारतमा कतिपय विज्ञहरूले उनलाई कुशल गभर्नरका रूपमा लिने गरेका छन् । उनको राजीनामासँगै भारतमा नयाँ आशङ्का र चिन्ता पनि छाएको छ ।