पुँजी बजार सुधारका लागि सरकारले कुनै काम नगरेको भन्दै लगानीकर्ताको समूहले अनसनको चेतावनी दिएसँगै अर्थ मन्त्रालयले चासो देखाएको छ।
मन्त्रालयले मुद्रा तथा पुँजी बजारमा देखिएका समग्र प्रवृत्ति अध्ययन गरी समस्याको पहिचान गर्न र तिनको समाधानका लागि ७ दिनभित्र सुझाव दिन भन्दै समिति गठन गरेको छ।
राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठनको संयोजकत्वमा गठित समितिमा धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्की, बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, लगानीकर्ता संघका प्रतिनिधी र मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन सहसचिव सम्मिलित छन्।
सो समितिले व्याजदर तथा पुँजी बजारको स्थिति र सुधारका लागि सुझावहरु पेश गर्नेछ। तिनै आधारमा मन्त्रालयले कार्यान्वयन योजना बनाएर अघि बढ्ने छ।