कुमारी बैंकले ‘एभरेष्ट प्रिमियर लिग – टि २० टुर्नामेन्ट’मा सहभागी टोली ‘चितवन टाइगर्स’लाई प्रायोजन गरेको छ। क्रिकेटको विकासमा सहयोग गर्न टोलीलाई सहयोग गरेको बैंकले जनाएको छ।
टुर्नामेन्ट यहि मंसिर २२ देखि पुस ६ गते सम्म काठमाडौंको किर्तिपुर खेल मैदानमा हुनेछ।कार्यक्रममा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले टिमका कप्तान पृथु बॉस्कोटा सहित अन्य खेलाडीहरुलाई जर्सी प्रदान गरी सफलताको शुभकामना ब्यक्त गरे।
बैंकका ८८ शाखा, ७९ एटिएम तथा २ वटा एक्सटेन्सन काउण्टर छन्।