एनआईसी एशिया बैंकले अजोड ईन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता गरेको छ।
सम्झौता अनुसार ग्राहकले बैंकका सबै शाखाबाट अजोड ईन्स्योरेन्सको निर्जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन्।सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरे।
बैंकका देशभर २६६ शाखा, २७३ एटिएम, ३७ एक्सटेन्सन काउन्टर एवं १८ शाखा रहित बैंकिङ्ग ईकाई छन।