ओप्पोले एथ्रीएस फोनमा १ हजार ९ सय रुपैयाँ घटाएको छ।
फोन दुई महिना अघि २६ हजार ४ सय ९० रुपयाँमा सार्वजनिक गरिएको थियो।उक्त फोन अब २४ हजार ५ सय ९० रुपैयाँमा किन्न सकिने कम्पनीले जनाएको छ।
फुलस्क्रिन सहित सार्वजनिक गरिएको एथ्रीएस,ए सिरिज अन्तर्गतकै पहिलो उपकरण हो ।कम्पनीले १६ नोवेम्बरदेखि नै एथ्रीएसमा नयाँ मूल्य लागू गरेको जनाएको छ।
कम्पनीका अनुसार फोनमा १३ एमपी क्यामेरामा एफ÷२.२ एपर्चर तथा २ एमपीक्यामेरामाएफ÷२.४एपर्चर (सेन्सर एलईडी फ्ल्याश सहित) र सेल्फी तथा भिडियो च्याटका लागि एआई ब्यूटी प्रविधि तथा एफ÷२.२ एपर्चर सहितको ८ एमपी क्षमताको फ्रन्ट क्यामेरा जडान गरिएको छ।
३ जिबी र्याम र ३२ जिबी सञ्चय क्षमता, क्वालकम स्न्यापड्रागन ४ सय ५० ओक्टा कोर प्रोशेसर र ४ सय २ दुई ३० एमएएच ब्याट्री छ।