मंसिर १६ गतेदेखि जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण सेयर (आइपिओ) निश्कासन हुने भएको छ।
म्युचुअल फण्ड र कर्मचारीलाई छुट्याएर कुल १५ लाख ५५ हजार २३३ कित्ता सेयर निश्कासन हुन लागेको हो। चाँडोमा मंसिर १९ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।
जसमा न्यूनतम ५० कित्तादेखि अधिकतम ८ लाख कित्तासम्म आवेदन गर्न सकिनेछ। यसले इक्रा नेपालबाट कमजोर स्तरको रेटिक ‘ग्रेड ५’को मान्यता पाएको छ। यसअघि इलामका स्थानीयका लागि निष्काशन गरेको सेयर पूर्ण रुपमा बिक्री नभएपछि सोलाई थप गरेर सेयर निश्कासन गरिएको हो।
कम्पनीले इलामको पुवाखोलामा व्यवसायिक रुपमा ३ मेगावाटको अपर आयोजना सञ्चालन सञ्चालन गरिरहेको छ।