ग्लोबल आइएमई बैंकको नेपालको कर प्रणाली र डिजिटल बैकिङ्ग सम्बन्धी बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम क्रियाशिल होटल व्यवासायीकोे सहकार्यमा सम्पन्न भएको बैंकले जनाएको छ। गोगंबु क्षेत्रमा क्रियाशिल होटल तथा रेष्टूरेन्ट व्यवसायीलाई नेपालको कर र डिजिटल बैंकिङ्ग क्षेत्रमा देखा परेका विभिन्न आयामबारे जानकारी गराउन बैंकले कार्यक्रम आयोजना गरेको जनाएको छ।
कार्यक्रममा बैंकका सूचना प्रविधि विभाग प्रमुख अनिल जोशीले नेपालको डिजिटल बैंकिङ क्षेत्रमा देखा परेका नयाँ आयम बारे जानकारी गराए।बैंकका देशभरि १३२ शाखा, १५ राजश्व संकलन काउन्टर, १ सय ४० एटिएम, ६ एक्सटेन्सन काउन्टर तथा १ सय ४ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय रहेका छन्।