एनआईसी एशिया बैंक र लाईफ इन्स्योरेन्स कर्पोरेसनबीच बैंकास्योरेन्स सम्झौता भएको छ।
सम्झौता अनुसार बैंकका ग्राहकले मुलुकभर फैलिएका २६५ वटै शाखाहरुबाट सहज रुपमा लाईफ इन्स्योरेन्सका जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन्।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्सका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदरले हस्ताक्षर गरे।
मुलुकभर २६५ शाखा कार्यालयहरु, २७० एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकले सेवा प्रदान गर्दै आएको छ।
बैंकको वासलातको आकार २१० अर्ब रुपैयाँभन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १७१ अर्ब तथा कर्जा १४२ अर्ब पुगेको छ। ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको बैंकको दावी छ।