एनएमबि बैंकले आव २०७५\७६ को पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ ।
त्रैमासमा बैंकले ५५ दशमलव ०५ करोड खुद नाफा आर्जन गरेको छ।वित्तीय विवरण अनुसार बैंकको निक्षेप ८५ दशमलव ८३ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा .८२ दशमलव ७८ अर्ब रुपैयाँ पुगेको छ ।
विवरण अनुसार अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिको तुलनामा निक्षेपमा १३ दशमलव ८ अर्ब तथा कर्जामा १९ दशमलव ३ अब रुपैयाँ बृद्धि भएको छ।
यस त्रैमासमा बचत निक्षेपमा २ दशमलव २४ अर्ब रुपैयाँले बृद्धि भएको छ ।एनएमबि बैंक विदेशी संस्था आइएफसीबाट अमेरीकी डलर १ करोड ५० लाखको कर्जा लिन सफल एकमात्र बैंक रहेको बैंकको दावी छ।
बैैंकले प्रति शेयर आम्दानी २६ दशमलव ६४ र प्रति शेयर नेटवर्क १९९ दशमलव ७५ कायम राखेको छ। बैंकका देशभर ११० शाखा, ४ एक्सटेन्सन काउन्टर र ९७ एटिएम छन्।