एनआइसी एसिया बैंकको नाफा ४७ करोडले बढेको छ।
बैंकले यस आवको पहिलो त्रैमासिक अवधिमा ७५ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको पहिलो त्रैमासमा २७ करोड ७९ लाख रुपैयाँ थियो।
बैंकको समग्र निक्षेपसँगै कर्जा प्रवाह बढेपछि व्याजपापतको आम्दानीमा उल्लेख्य वृद्धि भएको हो। १ खर्ब ६३ अर्ब निक्षेप संकलन गरी १ खर्ब ३९ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ।
निक्षेप तथा कर्जाका आधारमा बैंक सबैभन्दा माथि देखिएको छ। बैंकले निश्क्रिय कर्जामा पनि सुधार गर्दै ०. २९ बाट ०. २६ मा झारेको छ।
बैंकको सिसिडी रेसियो ७७. ६८ प्रतिशत छ। स्प्रेडदर ४. ९९ प्रतिशत छ। आधार प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ७८ पैसा छ। बैंकको आधार व्याजदर १०. ७७ प्रतिशत छ। बैंकको बिहीबारसम्म बजार मूल्य प्रतिकित्ता ४१७ रुपैयाँ छ।