सिटी एक्सप्रेस फाइनान्सको तेह्रौँ वार्षिक साधारण सभाले संस्थाको चुक्ता पुँजी ८० करोड रुपैयाँ प¥ुयाउने र रणनीतिक साझेदार भित्र्याउने निर्याण गरेको छ।
संस्थामा ९ किसिमका बचत खाता र मुद्दती खातामा उच्चतम व्याज दिइने व्यवस्था रहेको कम्पनीले जनाएको छ। साथै संस्थागत ग्राहकले कल तथा करेन्ट खाता खोल्न सक्ने व्यवस्था समेत मिलाएको छ।
रेमिट्यान्स कम्पनीहरु मार्फत रकम पठाउन र पाउन सकिने सुविधा पनि प्रदान गर्दै आएको कम्पनीका अध्यक्ष चन्द्र टण्डनको भनाइ छ।
कर्जा तर्फ व्यवसायीक कर्जा, कृषि कर्जा, घर जग्गा कर्जा, हायर पर्चेज कर्जा, वैदेशिक रोजगार कर्जा, मुद्घती रसिद धितो कर्जा, ओभरड्राफ्ट सुविधा लगायतका बिभिन्न कर्जा प्रदान गर्दै आएको छ ।