सानिमा बैंकले पहिलो तीन महिनामा ५१ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले गत आवको यस अवधिमा ३७ करोड ५० लाख कमाएको थियो।
बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ५४ पैसा पुगेको छ। बैंकको निश्क्रिय कर्जा अत्यन्तै न्यून ०. ०८ प्रतिशत मात्रै छ। आधार व्याजदर १०. ५५ प्रतिशत छ।
स्प्रेड दर ४. ४४ प्रतिशत छ। बैंकको सिसिडी रेसियो ७९ प्रतिशत पुगेको छ। यस आधारमा बैंकमा लगानीयोग्य रकमको अभाव देखिन्छ। ३ अर्ब ३१ करोडको जगेडा कोष छ। असोजसम्म बैंकले ८४ अर्ब निक्षेप संकलन गरी ७५ अर्ब कर्जा प्रवाह गरेको छ।
त्यस्तै जनता बैंकको नाफा दोब्बरले बढेको छ। बैंकले तीन महिनामा ३२ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको त्रैमासिक अवधिमा यस्तो नाफा १६ करोड १३ लाख थियो। नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि ९ बाट बढेर १६ पुगेको छ। जगेडा कोषमा २ अर्ब ३५ करोड छ।
बैंकको निश्क्रिय कर्जा १. ६५ बाट घटेर अहिले १. ५४ कायम भएको छ। त्यस्तै सिसिडी रेसियो ७९ प्रतिशत छ। यो बैंकमा पनि थप लगानीयोग्य रकमका लागि सहज अवस्थामा देखिँदैन।आधार व्याजदर ११. २२ प्रतिशत छ। जनताले ५८ अर्ब निक्षेप संकलन गरी ५२ अर्ब कर्जा प्रवाह गरेको छ।