मेगा बैंक नेपालको खुद नाफा ४० करोड रुपैँया भन्दा बढी भएको छ ।
आर्थिक वर्ष २०७५,७६ को पहिलो त्रैमासिक अवधिको लागि प्रकाशित वित्तीय विवरण अनुसार बैंकले खुद नाफा ४० करोड ४५ लाख रुपैँया कमाएको छ।अघिल्लो वर्ष सोही अवधिमा बैंकले ८ करोड १८ लाख नाफा गरेको थियो। यस वर्ष सो रकममा ३९४ प्रतिशतले वृद्धि गरेको बैंकले जनाएको छ।
कूल निक्षेप अघिल्लो वर्षको तुलनामा ६६ प्रतिशत वृद्धि भएको हो। बृद्धि पछि २०७५ असोज मसान्तमा निक्षेप ६६ अर्ब ११ करोड रुपैँया पुगेको बैकको भनाइ छ।
त्यसैगरी, कर्जा तथा सापटी २६ अर्ब ५४ करोडले वृद्धि भई ६२ अर्ब २५ करोड कायम भएको छ । यो वृद्धिदर ७४ प्रतिशत रहेको छ ।मेगा बैंक र साबिक टुरिजम् डेभलपमेन्ट बैंकबीच २०७५ बैशाख ३० गते मर्जर भई संयुक्त कारोबार प्रारम्भ भएको थियो । मर्जरबाट निक्षेप १२ अर्ब ७३ करोडले र कर्जा प्रवाह १२ अर्ब ७५ करोडले वृद्धि भएको बैंकले जनाएको छ ।
मेगा बैंकका १०२ शाखा, १८ एक्टेनशन काउन्टर, १११ शाखारहित बैंकिङ केन्द्र, २ हजार ३ सय बढी मेगा रेमीट सञ्जाल र ७९ एटीएम सञ्चालनमा छन् ।