ग्लोबल आइएमई बैंक र एशियन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ।
सम्झौ अनुसार बैंकका सवै शाखा मार्फत एशियन लाइफ इन्स्योरेन्सको जीवन बीमा योजना खरिद गर्नसकिने छ।सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल र इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरे।
बैंकका देशभरि १३२ शाखा, १५ राजश्व संकलन काउन्टर, १४० एटिएम, ६ एक्सटेन्सन काउण्टर तथा १०४ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय छन्।