वाणिज्य बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन्।
यसैक्रममा आज ग्लोबल आइएमइ बैंक र स्ट्याण्डर्ड चार्टड बैंक लिमिटेडले वित्तीय विवरण सार्वजनिक गरेका हुन् । चालू आवको पहिलो त्रैमासमा ग्लोबल आइएमइ बैंकले ५१ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ।
बैंकले यस अवधिमा ५२ दशमलव ४२ प्रतिशत नाफा बढाएको हो । गत आवको सोही अवधिमा बैंकले ३३ करोड ९६ लाख रुपैयाँ नाफा गरेको थियो। बैंकले सो अवधिमा एक अर्ब २० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
यस्तै बैंकले एक खर्ब ११ रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । बैंकको ऋण लगानी १४ दशमलव ५५ प्रतिशतले बढेर ९९ अर्ब रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पूँजी आठ अर्ब रुपैयाँ रहेको छ।
यस्तै स्ट्याण्डर्ड चार्टड बैंकले चालू आवको पहिलो तीन महीनामा ५८ करोड ४५ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिको तुलनामा यस वर्ष २४.०५ प्रतिशतले नाफा कमाएको हो।
गत आवको सोही अवधिमा बैंकले ४७ करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकले सो अवधिमा ६५ अर्ब ४७ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ४८ अर्ब ३६ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।