डलरको सटही सुविधालाई कटौती गर्दै नेपाल राष्ट्र बैंकले अब विदेश जाँदा बढीमा १५ सय डलर मात्रे लैजान पाउने व्यवस्था गरेको छ।
यसअघि एक पासपोर्ट बराबर २५ सय डलरसम्म सटही सुविधा दिइँदै आएकोमा १५ सयमा झारिएको हो।
आयातमा भएको वृद्धिले चालू खाताको घाटा बढेपछि राष्ट्र बैंकले डलरको सुविधा कटौती गरेको हो। चालू खातामा घाटा बढ्दा विदेशी मुद्राको सञ्चितीमा दबाब परेको छ।
यसबाट डलरको स्टक मजबुत रहने बैंकको भनाइ छ।
चालू आर्थिक वर्षको भदौसम्म चालू खाता घाटा ३५ अर्ब ५६ करोड र शोधानान्तर घाटा २५ अर्ब ४५ करोड पुगेको छ। रेमिट्यान्स बढे पनि आयात उच्च हुँदा शोधानान्तर घाटा भएको बैंकले जनाएको छ।