नेपाल बङ्गलादेश बैंकले सगौरव बचत खाता अन्तर्गत दसैँ शुभकामना योजना ल्याएको छ।
यो योजनामा आवद्ध हुने ग्राहकहरुले आफ्नो खातामा १ लाख वा सो भन्दा बढी निक्षेप राखी २५ ग्रामको चाँदीको सिक्का पाउने बैंकले जनाएको छ।
यो योजना अन्तर्गत ग्राहकहरुले अन्य सेवाहरु जस्तैः निःशुल्क भिसा डेविट कार्ड निःशुल्क इन्टरनेट बैंकिङ्ग, निःशुल्क मोबाइल बैंकिङ्ग/एस.एम.एस. अलर्ट, निःशुल्क डिम्याट खाता, निःशुल्क आस्बा र सीआस्बाका सुविधा समेत रहेको छ।
१ वर्षको लागि लकर सुविधामा ५० प्रतिशत छुटको लाभ पाउनेछन्। प्रमुख कार्यालय कमलादीमा रही ४३ वटा शाखा, ७ वटा शाखा रहित बैंकिङ्ग र ४३ वटा एटीएम संचालनमा छन्।