सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। १४ दशमलब १५ विन्दुले बढेर एक हजार २४२ दशमलब ४३ विन्दुमा पुगेको छ।
कुल १५८ कम्पनीको १० लाख १६ हजार ४६० कित्ता शेयर २६ करोड ९९ लाख १३ हजार ७२९ मूल्यमा खरिद बिक्री भयो। बजारको पुँजीकरण १४ खर्ब ८८ अर्ब पुगेको छ।
यस दिन बैंकिङ १७, होटल ५५, विकास बैंक १८, वित्त ३, निर्जीवन बीमा ८७, अन्य ४, माइक्रोफाइनान्स ११, जीवन बीमा ५७ अंकले बढेका छन्। जलविद्युत् १ तथा उत्पादन ९५ अंकले घटे।
एनएमबि, मेगा र जनता बैंक कारोबारका आधारमा अगाडि रहे। ति कम्पनीको २–२ करोडमाथिको कारोबार भयो।
एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, सहयोगी विकास बैंक, नेको इन्स्योरेन्सका शेयरधनी कमाउनेमा अगाडि रहे। यूनिलिभर, पञ्चकन्या माई हाइड्रोपावर, ङादी समूहका लगानीकर्ताले उच्च दरमा गुमाए।