हिमालयन बैंकले बिभिन्न सामुदायिक विद्यालयहरुलाई ४५ थान कम्प्युटर प्रदान गरेको छ।
बैंककाअनुसार कुलेश्वर माध्यमिक विद्यालयलाई ६ थान, तरुण माध्यमिक विद्यालयलाई १२ थान, सरस्वती उच्च माध्यमिक विद्यालयलाई १२ थान,जनजागृति आधारभूत विद्यालयलाई ५ थान र महेन्द्रोदय माध्यमिक विद्यालयलाई १० थान कम्प्युटर प्रदान गरेको छ ।
विद्यार्थीलाई गुणस्तरीय कम्प्युटर शिक्षामा सहयोग गर्न कम्प्युटर प्रदान गरेको बैंकले जनाएको छ। कम्प्युटर बैंकका वरिष्ठ महाप्रबन्धक, महाप्रबन्धक र कर्मचारीले हस्तान्तरण गरेका हुन।