सिटिजन्स बैंक र खल्ती डिजिटल वालेटबीच मोबाईल भुक्तानी सम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार बैंकका ग्राहकले मोबाईल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी रकम भुक्तानी गर्न सक्ने छन्।खल्ती एप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल, इन्टरनेट तथा डिटीएच बिल, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ लगायतको भुक्तानी मोबाइलबाट गर्न सकिन्छ ।
प्रविधिको प्रयोगबाट बैंकिङ्ग तथा वित्तीय समस्या समाधान गर्न खोजेको बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार काफ्लेको दावी छ।
बैंकबाट पैसा ‘खल्ती’मा लोड गरी वस्तु तथा सेवाको भुक्तानी गर्न सकिने खल्तीका निर्देशक अमित अग्रवालले बताए।सम्झौतामा सिटिजन्स बैंकका प्रमुख सञ्चालन अधिकृत पारसकुमार काफ्ले र खल्तीका डाइरेक्टर अमित अग्रवालले हस्ताक्षर गरे।
हाल खल्तीका ५ लाख बढी प्रयोगकर्ता छन्।