माछापुच्छ्रे बैंकले तनहुँ र खोटाङ्गमा चार शाखा रहित बंैकिङ्ग सेवा सुरु गरेको छ।
बैंकले तनहुँको बन्दिपुर गाँउपालिका, खोटाङ्गको रुपाकोट मझुवागढी नगरपालिका, खोटाङ्गको हलेसी तुबचुङ्ग नगरपालिका (च्यास्मीटार), खोटाङ्गकै हलेसी तुबचुङ्ग नगरपालिका (धितुङ्ग)सेवा सुरु गरेको हो।
नयाँ शाखासंगै बैंकका शाखा रहित सेवा संख्या ३३ पुगेकोे बैंकले जनाएको छ। केन्द्रबाट खाता खोल्ने, रकम जम्मा गर्ने , झिक्ने, रेमिट्यान्स भुतmानी र कर्जा आवेदन गर्नसकिने जनाइएको छ।
बैंकका देशभर ८६ शाखा, २ एक्स्टेन्सन काउन्टर ३३ शाखा रहित बैकिङ्ग सेवा, ९९ वटा एटिएम सेवा रहेका छन्।