माछापुच्छ्रे बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युटबीच तालिम सञ्चालन सम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार एनबिआईले माछापुच्छ्रेका कर्मचारीको कार्यक्षमता विकासका लागि विभिन्न तालिम सञ्चालन गर्नेछ। सम्झौता एक वर्षसम्मको लागि भएको बैंकले जनाएको छ।
सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एनबिआईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले हस्ताक्षर गरे। बैंकका देशभरि ८६ शाखा, २ एक्स्टेन्सन काउन्टर, २९ शाखा रहित बैकिङ्ग सेवा, ९९ एटीएम छन्।