सिद्धार्थ बैंक र हेल्पिङ्ग हेण्ड्स सामुदायिक अस्पताल, चाबहिलबीच सम्झौता भएको छ।
सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकले स्वास्थ्य सेवामा ५० प्रतिशत सम्म छुट प्राप्त गर्ने छन्।
सम्झौतामा बैंकका तर्फबाट प्रमुख पेमेन्ट सलुसन्स सुरेसराज महर्जन र अस्पतालका तर्फबाट अध्यक्ष डा। कृृष्ण प्रसाद अधिकारीले हस्ताक्षर गरे।
ग्राहकले विभिन्न किसिमका सेवा सुविधा लिंदा ५० प्रतिशत सम्म छुट र यूएनओ क्रेडिट कार्ड प्रयोगकर्ताले थप २।५ प्रतिशत छुट प्राप्त गर्ने बैंकले जनाएको छ।
बैंकका देशभर १२६ शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १३१ एटिएम र १ हजार भन्दा बढी पिओएस मेसिन छन्।