नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकर तथा ब्रोकर कम्पनीलाई प्रचलित कानूनले तोकेबमोजिम कर्मचारीको न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन दिएको छ।
कतिपय मर्चेन्ट बैंकर तथा ब्रोकर कम्पनीमा कर्मचारीको तलव तथा सेवा सुविधा कानूनसम्मत नरहेको पाइएको जनाउँदै बोर्डले उक्त निर्देशन दिएको हो।
त्यस्तै आवश्यक योग्यता पुगेका कर्मचारीहरु मात्रै राख्न र व्यवस्थापकीय क्षमता सुदृढ गर्न बोर्डले भनेको छ।
संस्थामा कर्मचारीको रुपमा कार्यरत सबैलाई अनिवार्य रुपमा निजहरुको जिम्मेवारी तथा सेवा शर्त खुल्नेगरी नियुक्ती तथा करार गर्न बोर्डले निर्देशन दिएको छ।
त्यस्तै कर्मचारी नियुक्ति, योग्यता, जिम्मेवारी, सेवा सुविधा तथा शर्त सम्वन्धमा कर्मचारी सेवा शर्त विनियमावली तयार गरी लागू गर्न भनिइएको छ।