कारोबारसँगै सेयर बजारको परिसूचक नेप्से बुधबार घटेको छ। अघिल्लो दिन २२ अंकले बढेको बजारमा यस दिन २. ३ अंकको सुधार आएको हो।
अघिल्लो दिन १ अर्ब १२ करोडको सेयर किनबेच भएकोमा यस दिन ९१ करोड ४६ लाखमा खुम्चिएको छ। यस दिन जीवन बीमा समूहमा ३० अंकको सुधार देखियो भने अन्य समूह १ अंकमुनि हरियो रह्यो।
बैंकिङ २, होटल ९, विकास बैंक ६, जलविद्युत २, फाइनान्स ३, निर्जीवन बीमा समूह २४, माइक्रोफाइनान्स १ र उत्पादन समूह १७ अंकले घटेका छन्।
कारोबारका आधारमा यस दिन कुमारी बैंक अग्रस्थानमा रह्यो। सो बैंकको ६ करोड २७ लाखको कारोबार हुँदा एनएमबिको ६ करोडको भयो। नेपाल, सिभिल, प्रभु तथा मेगा बैंक पनि कारोबारका आधारमा अगाडि देखिए।
नाफाका आधारमा समता माइक्रोफाइनान्सका लगानीकर्ता अगाडि रहे। उसको करिब १० प्रतिशतले मूल्य बढ्यो। ग्रीन डेभलपमेन्ट बैंकको मूल्य ७ प्रतिशतले बढ्यो। नेपाल कम्युनिटी डेभलपमेन्टका लगानीकर्ताले सबैभन्दा बढी ५. ७ प्रतिशत गुमाए।