कालिका पावर कम्पनीको आइपिओ बाँडफाँड भएको छ। भदौ २८ गतेदेखि असोज १ गतेसम्म खुलेको आइपिओमा १ लाख १३ हजार १७७ जना आवदेकले १० कित्ताको दरले पाएका छन्।
कुल १२ लाख कित्ता आर्इपिओमध्ये ६० हजार सामुहिक लगानी कोष तथा २४ हजार कित्ता कर्मचारीलाई छुट्याएर ११ लाख १६ हजार कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिएको थियो। कर्मचारीलाई छुट्याइएको सेयरमध्ये १५ हजार ७७० कित्तामा आवेदन नपरेपछि सर्वसाधारणलाई नै थपेर बाँडिएको हो।
१२ करोडको आईपिओका लागि ८० करोड ६ लाख ९९ हजार रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। आइपिओपछि कम्पनीको चुक्ता पुँजी ६० करोड रुपैयाँ पुग्नेछ ।