दसैँतिहारको अवसरमा बैंक अफ काठमाण्डूले सबै कार्ड धनी ग्राहकलाई विशेष छुटको व्यवस्था गरेको छ।
यस अन्तर्गत कार्ड मार्फत ग्राण्डी हस्पिटलको सेवा लिए बापत ७.५ प्रतिशत छुट हुनेछ।
त्यस्तै एलजी लाइफस्टाईलको कुनै पनि सोरुमबाट सामान खरिद गर्दा १५ प्रतिशत, सिजी डिजिटलको कुनै पनि सोरुमबाट सामान खरिद गर्दा १५ प्रतिशत, दरबारमार्ग स्थित सुलक्स सेन्टरमा १० प्रतिशत तथा सुलक्स एण्ड कम्पनीमा १० प्रतिशत छुट दिइने बैंकले जनाएको छ।
बैंकका अनुसार फलानो लुगाको कुनै पनि सोरुमबाट सामान खरिद गर्दा १५ र अर्गानिक चुलो बत्तिसपुतलीमा १५ प्रतिशत छुटको लाभ ग्राहकले पाउने छन्।
सीमित अवधिका लागि यो योजना लागू हुने बताइएको छ।