सिद्घार्थ बैंकले ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकले सप्तरीको राजविराज, रुपन्देहीको मणीग्राम र फर्साटिकरमा नयाँ शाखा संचालनमा ल्याएको जनाएको छ।
सबै प्रकारका निक्षेप तथा कर्जा सुविधा, रकम भुक्तानी लगायत बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले शाखा सञ्चालनमा ल्याएको हो। हालै सञ्चालनमा आएका सहित बैंकले देशभर १२६ शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १३१ एटिएम सञ्चालनमा छन्।