नेपाल इन्भेष्टमेन्ट बैंकले काठमाडौंको रिङरोडमा पर्ने सोल्टीदोबाटो चोकस्थित बाफलमा नयाँ शाखा खोलेको छ। शाखाको बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले उद्घाटन गरे।
विशेषत कलंकी तथा सितापाइला आसपासका स्थानीयलाई वित्तीय कारोबार छिटो, छरितो र सहज तवरले प्रदान गर्न न्यूरोडको मुन्चा हाउसमा संचालित शाखालाई बाफलमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ। यो सहित देशभर बैंकका ७७ वटा शाखा पुगेको छ।
आठ लाख ७० हजार भन्दा बढी ग्राहक रहेको बैंकको १०३ वटा एटिएम पुगेको छ। ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकका ६० वटा शाखारहित बैंकिङ सेवा संचालनमा छन्।