सिटी एक्स्प्रेस मनी ट्रान्सफर र सिगे मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्वन्धी सम्झौता भएको छ।
अमेरिकामा १५ हजार बढी एजेन्ट र १३० बढी देशहरुमा छुट्टै सञ्जाल भएको सिगे मनीको संजाल पुगेको छ। सम्झौतामा सिटीका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिगेका चिफ अपरेटिङ्ग अफिसर जोसेफ क्याचेले हस्ताक्षर गरे।
यो सम्झौतापछि अमेरिकामा रहेका कुनै पनि नेपालीले जुनसुकै राज्यबाट सिगे मनी ट्रान्सफर मार्फत नेपालको कुनैपनि बैंक खातामा रकम जम्मा गर्न वा नगद पैसा पठाउन सक्ने क्याचेले जानकारी दिए।
क्याचेले आगामी दिनमा पनि सिटीसँग नयाँ प्रविधिमार्फत सहकार्य गर्दै जाने बताए। सिटी एक्सप्रेसले बिगत १२ बर्ष देखि विदेशबाट पठाएको रकम आफ्ना ६ हजार भन्दा बढी एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ।