धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३।७४ बिन्दुले घटेर एक हजार २५५।०७ बिन्दुमा पुगेको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।५१ बिन्दुले घटेर २६६।०९ बिन्दुमा पुगेको छ । कूल १६७ कम्पनीको २० लाख १५ हजार ८२९ कित्ता शेयर ५५ करोड ५० लाख ६१ हजार ५०२ मूल्यमा कारोवार भएको स्टकले जनाएको छ । नेप्से परिसूचक घटे पनि कारोवार रकममा भने वृद्धि भएको छ ।
तीन उपसमूहको शेयर मूल्यमा वृद्धि भए पनि अरु उपसमूहको शेयर भने ओरालो लागेको छ ।
होटल २०।५७, विकास बैंक ४।६९ र अन्यको १।८३ बिन्दुले बढे पनि बैंकिङ १।६५, जलविद्युत् ७।७९, फाइनान्स ०।४८, निर्जीवन बीमा १०७।४८, उत्पादन ५।५१, माइक्रो फाइनान्स ५।०६, जीवन बीमा ७९।८१ बिन्दुले घटेको छ । व्यापार समूहको भने कुनै पनि कारोवार भएन ।