सेयर बजार तीन महिनायताकै उच्च विन्दुमा पुगेको छ। आज कायम भएको १२५८ अंक जेठ २४ यताकै उच्च हो। यस दिन जम्मा २ अंकले बजार बढेको हो।
कम्पनीहरुले लाभांश घोषणा गर्ने बेला नजिकिँदै गर्दा सेयर बजारमा केही दिनयता सकारात्मक प्रभाव परेको छ।
कुल १६९ कम्पनीको ४५ करोड ८६ लाख रुपैयाँको सेयर किनबेच भयो। बजारको पुँजीकरण १४ खर्ब ९९ अर्ब कायम भएको छ।
यस दिन बैंकिङ २, होटल २५, फाइनान्स १ अंकले घटे। विकास बैंक १, जलविद्युत ४२, निर्जीवन बीमा समूह ७३, उत्पादन ८, अन्य २, माइक्रोफाइनान्स ९, अन्य २, जीवन बीमा समूह १९ अंकले बढे।
कारोबारका आधारमा नेको इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ३ करोड ३६ लाखको कारोबार भयो। एनएमबि बैंकको २ करोड ४७ करोडको किनबेच भयो।
अरुण काबेली पावर तथा भार्गव विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ९ प्रतिशतले कमाए। हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै ४ प्रतिशत गुमाए।