नेपाल इन्भेष्टमेन्ट बैंकले बुढानीलकण्ठ नगरपालिका वडा नं. १३ चुनिखेलमा आठौं एक्स्टेन्सन काउन्टर खोलेको छ ।
वडा अध्यक्ष श्रीकृष्ण श्रेष्ठ र बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवालले काउन्टरको संयुक्त रुपमा उद्घाटन गरे।
काउन्टरले चुनिखेल क्षेत्रको वडा सम्बन्धी सम्पूर्ण आर्थिक कारोबार गर्न सहयोग गर्ने बैंकले जनाएको छ।
साथै सात हजारको संख्यालाई वित्तीय साक्षरता प्रदान गरी बैंकिङ कारोबारका लागि प्रोत्साहन गर्नेछ ।
त्यस्तै सर्लाहीको गुदारी बजारमा रहेको इन्भेष्टमेन्ट शाखालाई माग अनुसार इलाका प्रहरी कार्यालय अगाडि स्थानान्तरण गरिएको बैंकले जानकारी दिएको छ।
सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार सेवा विस्तारलाई निरन्तरता दिएको जनाइएको छ।
८ लाख ७० हजारबढी ग्राहक रहेको बैंकका ७७ शाखा र १०२ एटिएम छन्।
५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकको ६० शाखारहित बैंकिङ सेवा, ९ राजश्व संकलन केन्द्र, ७ सय ९० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेका छन्।
भर्खरै यूरोमनी अवार्ड “उत्कृष्ट बैंक नेपाल– २०१८” जितेको बैंकले पाँच पटक “बैंक अफ द इयर” अवार्ड प्राप्त गरकोे छ ।