माछापुच्छ्रे बैंकले असोजभर सम्पूर्ण शाखामा ‘माछापुच्छ्रे महोत्सव’ सञ्चालन गर्ने भएको छ।
महोत्सवमा ग्राहकलाई निःशुल्क डेबिट कार्ड, इन्स्टयान्ट कार्ड, डिम्याट खाता, वार्षिक लकर शुल्क प्रदान गरिने छ।
साथै मोबाइल मनीमा ५० प्रतिशत, क्रेडिट कार्डमा ५० प्रतिशत, रिटेल कर्जामा ०.१८ प्रतिशत छुट सहित सरप्राइज गिफ्ट प्रदान गर्ने बैंकले बताएको छ ।
महोत्सव असोजभर जारी रहने छ । सर्वसाधारणले नजिकको शाखा महोत्सवमा सहभागी भई लाभ लिन सक्ने जनाइएको छ। ।
बैंकका देशभर ८६ शाखा कार्यालय, २ एक्स्टेन्सन काउन्टर, २८ शाखा रहित सेवा लगायत ९९ वटा एटिएम काउन्टर छन्।