मेगा बैंकले उदयपुरको देउरीमा शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको छ।
त्रियुगा नगरपालिकाका वडा अध्यक्ष उद्दवकुमार थापा र मेगाका रौतामाई शाखाका प्रबन्धक रैसुल आजमले देउरीमा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेका हुन्।
रेमिट्यान्सबाट भित्रिएको लाखौँ रकम उपभोग र विलासितामा खर्च भइरहेको भन्दै वडाध्यक्ष थापाले बैंकको शाखारहित सेवामार्फत बचत गर्न सजिलो भएको बताए ।
शाखा प्रबन्धक आजमले ग्रामीण क्षेत्रको आर्थिक अवस्था उकास्न बैंकले गाउँको खेतीयोग्य जग्गा समेत धितो राखि १० लाख रुपैँयांसम्म सरल कर्जा प्रदान गर्दै आएको बताएका छन्।