नेपाल इन्भेष्टमेण्ट बैंकले मेरुदण्ड पक्षघात भइ अपाङ्गता हुन पुगेकाको सहयोगका लागि ह्विल चियर वितरण गरेको छ।
काभ्रेको सांगास्थित स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्रद्दारा सञ्चालित विशेष कार्याक्रममा बैंकका नायव–महाप्रबन्धक रबिन सिजापतिले स्पाइनल इन्जुरी संघ नेपाललाई १३ वटा व्हील चियर हस्तान्तरण गरे।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले विभिन्न सामाजिक संघसस्था तथा देशका विभिन्न कला, सस्कृति एवम् पुरातात्विक क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ।
व्हील चियर हस्तान्तरणपछि नायव–महाप्रबन्धक सिजापतिले अपांगता हुन पुगेका व्यक्तिहरुको सहयोगका लागि बैंक सदैब तयार रहेको उल्लेख गरे।
कार्यक्रममा स्पाइनल इन्जुरी पुर्नस्थापना केन्दका अध्यक्ष प्रचण्ड श्रेष्ठले मेरुदण्ड पक्षघात भइ अपांग हुन पुगेका व्यक्तिहरुमध्ये ९५ प्रतिशत आफै हिड्डुल गर्न असक्षम भएको बताउँदै वार्षिक आवश्यक पर्ने ३०० वटा व्हील चियर विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ सस्थावाट प्राप्त सहयोगबाट गरिरहेको बताए।
आठ लाख ७० हजार भन्दा बढी ग्राहक रहेको बैंकका देशभर हाल ७७ वटा शाखा तथा १०२ वटा एटिएम छन भने सात वटा एक्स्टेन्सन काउन्टर संचालनमा छन्। ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकको ६० वटा शाखारहित बैंकिङ सेवा संचालनमा छन्।
भर्खरै यूरोमनि अवार्ड ‘उत्कृष्ट बैंक नेपाल– २०१८’ जितेको बैंकले पाँच पटकसम्म ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरिसकेकोे छ ।