रेमिट्यान्स कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफरले चाडपर्वलाई लक्षित गर्दै ‘लखपति एक्स्प्रेस’ योजना लयाएको छ।
ग्राहकसँग पर्वको खुशी साट्न लगातार ९० दिन सम्म चल्नेगरी यो योजना घोषणा गरिएको कम्पनीले जनाएको छ। असोज १ गते देखि मंसिर २९ गतेसम्म योजना लागू हुने बताइएको छ।
सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत दैनिक २००को मोबाइल टप अप १२ जना ग्राहकले जित्न सक्नेछन्। त्यसैगरी साप्ताहिक रुपमा तीन जना विजेताले १० हजार रुपैयाँ र हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनाले १ लाख रुपैयाँ उपहार पाउने सिटीले जनाएको छ।
कम्पनीका अनुसार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस १२ वर्ष प्रवेश गरेको अवसरमा १२ लाख रुपैयाँसम्म जित्न सक्ने छन्।
यो अवधिभरी सिटी एक्सप्रेस मार्फत पैसा पठाउने सम्पूर्ण सेवाग्राही योजनामा सहभागी हुनेछन्। विद्युतीय प्रणालीद्वारा जम्मा ११२० जना ग्राहक विजेताको रुपमा छनौट हुने कम्पनीले जनाएको छ। सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारी यसमा सहभागी हुन पाउने छैनन्। रेमिट्यान्स व्यवसायको रुपमा २०६४ सालमा कम्पनी स्थापना भएको हो।