सिद्धार्थ बैंक र प्रभु लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक महाप्रबंधक अनुज भद्र खनाल र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रयास श्रेष्ठले हस्ताक्षर गरे।
बैंकका सहायक महाप्रबंधक खनालले अब बैंकका सबै शाखाहरुबाट प्रभु लाइफका जीवन बीमा गर्न तथा प्रिमियम रकम भुक्तानी गर्न ग्राहकलाई सहज हुने जानकारी दिए।
प्रधानकार्यालय हात्तिसारमा रहेको बैंकका हाल देशभर १२३ शाखाहरु संचालनमा छन्। बैंकका ९९ शाखारहित बैंकिङ्ग सेवा, १३१ एटिएम संचालनमा छन्।