सिटिजन्स बैंकले काठमाडौँको चोभारमा रहेको सशस्त्र प्रहरी बलको कार्यालय नजिकै एटिएम सेवा सञ्चालनमा ल्याएको छ।
काठमाडौं क्षेत्र नं १० का सभासद राजन केसी, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र ब्रान्ड एम्बेसडर तथा राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले एक समारोहका बीच संयुक्त रुपमा उक्त सेवाको सुरुवात गरे।
उक्त समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, सशस्त्र प्रहरीका अधिकृत तथा जवानहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो। यसले गर्दा चोभारमा क्षेत्र र वरपरका जनता निकै लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंकको देशैभर ७९ वटा शाखा, ७३ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा छन्।