सिटिजन्स बैंकले विश्व खाद्य कार्यक्रम र गुड नाइवर इन्टरनेसनलको सहकार्यमा डोटीमा नगद वितरण गरेको छ ।
स्थानीय बाटो निर्माण गरेवापत “कामका लागि नगद” वितरण योजना अन्तर्गत नगद भुक्तानी गरिएको बैंकले जनाएको छ।
डोटी जिल्लाको पोखरी, सानागाँउ, लादागाडा, गाँजरी, गहिरागाँउ, खिरसेन र काडामाण्डु गाविसमा नगद वितरण गरिएको थियो।
कार्यक्रममा ३ हजार ६सय ३३ परिवारलाई नगद ५ करोड १७ लाख ७६ हजार ८ सय
३५ रुपैयाँ वितरण गरेको बैंकको भनाई छ।
यो सहयोगले स्थानीय विकास निर्माणमा सहयोग पुग्ने र विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आउने बैकको दावी छ।
बैंकले देशैभरीका ७९ शाखा, ७२ एटिएम र ९९ शाखा रहित बैंकिङ्ग एकाईबाट करिव तीन लाख पचास हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।