मुलुकका १२२ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ।
सार्वजनिक वार्षिक वित्तीय पहुँचअनुसार असार मसान्तसम्म ७५३ तहमध्ये ६३१ तहमा शाखा पुगेका छन्।
प्रदेश एकका १३७ तहमध्ये ११२ मा शाखा पुगेका छन्। त्यस्तै प्रदेश दुईका १३६ मध्ये १२२, तीनका ११९ मध्ये १०७, गण्डकीका ८५ मध्ये ७४, प्रदेश ५ का १०९ मध्ये ९९, कर्णालीका ७९ मध्ये ५४ तथा प्रदेश सातका ८८ मध्ये ६३ तहमा शाखा पुगेका छन्।