सेयर बजारको परिसूचक नेप्से चार अंकले ओर्लिएको छ। ४.१८ अंकले घटेर ११८३ अंकमा परिसूचक अडिएको छ।
यस दिन १६१ कम्पनीको १७ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भयो। बजारको पुँजीकरण १४ खर्ब ८ अर्ब कायम भएको छ। यस दिन व्यापार २, जलविद्युत ०.५, निर्जीवन बिमा ४ र अन्य समुह १ अंकले बढेका छन्। तिबाहेक सबै समूह ओर्लिए।
बैंकिङ ५, होटल ८, विकास बैंक ३ र फाइनान्स समुह २ अंकले ओर्लिए। उत्पादन २२ र माइक्रोफाइनान्स १० अंकले ओर्लिँदा जीवन बीमा समूहको गिरावट ०. ५ अंकमा सीमित रह्यो।
कारोबारका आधारमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको १ करोड १६ लाखको कारोबार हुँदा मूल्य प्रतिकित्ता २९४ रुपैयाँ कायम भएको छ। सोबाहेक अन्य कुनै कम्पनीको कारोबार १ करोड पुग्न सकेन।
साल्ट ट्रेडिङ कर्पोरेसनको मूल्य यस दिन ४. ८ प्रतिशतले बढ्यो।