सेयर बजारको परिसूचक नेप्सेमा सोमबार ८ अंकको कमी आएको छ। ८.२२ अंकले घटेर ११८८ अंकमा नेप्से कायम भएको छ। यस दिन १६० कम्पनीको २२ करोड ६१ लाख रुपैयाँको सेयर किनबेच भयो।
उत्पादनबाहेक सबै समूह घटेका छन्। उत्पादन भने ११ अंकले बढ्यो। यस दिन बैंकिङ ५, होटल ५, विकास बैंक १३, जलविद्युत २३, फाइनान्स २, निर्जीवन बीमा ५९, अन्य ४, माइक्रोफाइनान्स २२ र जीवन बीमा समूह ७५ अंकले घटेका छन्।
नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापकतर्फको १ करोड ८९ लाख रुपैयाँको सेयर किनबेच भयो। सो बैंकको साधारणतर्फको ९१ लाखको कारोबार भयो। कारोबारका आधारमा नविल बैंक तेस्रो स्थानमा रह्यो।
वर्ल्ड मर्चेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ५ प्रतिशत नाफा कमाए। सिन्धु विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ९ प्रतिशतले गुमाए।
यसैबीच प्राइममा विलय हुने ओम डेभलपमेन्ट बैंकको कारोबार रोकिएको छ।